गुल्मीबाट हराएका युवक मानब सेवा आश्रम बुटवलमामा भेटिए

| २०७९ मंसिर २९ गते २१: २१ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा। गुल्मी जिल्ला को मुसिकोट नगरपालिका वार्ड न. ०३ पेगा गोर्खाराका अर्जुन गन्धर्वको छोरा बर्ष १७कोअशोक गन्दर्भ केहिदिन अगाडि देखि वामिटक्सरबाट बेपत्ता भएका थिए।

परिवारको सम्पर्कमा नआएको, आफ्नो घर पेगा गोर्खारा जान्छु पनि कसैलाई नभनी हिडेका अहिले सम्म घरको परिवार ले खोजी कार्य गर्दा नभेटिए पछि हराउने युवक का अङ्गकल संकर गन्धर्व ले  गुल्मी बाट अर्घाखाँची बुलेटिनका पत्रकार हरिश्चन्द्र बिश्बकर्मा लाई कल मार्फत सम्पर्क गरि(अर्घाखाँची बुलेटिन ) मिडिया बाट खोजी कार्यको लागि सहयोग गरिदिनु हुन अनुरोध गर्नुभएको थियो । 

बुलेटिनबाट सुचना पाए लगत्तै हराएका किसोर मानबसेवा आश्रम बुटबलमा संरक्षित रहेको मानबसेवा आश्रममा सेवारत अर्घाखाँची बुलेटिनका पत्रकार दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । हराएका किसोरलाई यहि मङ्सिर २१ गते नेपाल प्रहरीले बुटवलबाट उद्दार गरि मानबसेवा आश्रममा पुर्याएको हो। आज मानबसेवा आश्रमले किसोरका आफन्तलाई सम्पर्क गरि पारिबारिक मिलन गराएको हो ।

मानव सेवा अश्रमले बिगत एक दशकदेखि सडक आस्रित शारिरिक तथा मानसिक रुपमा कम्जोर मानबहरुको उद्दार गरि पालन पोसण  औसधीउपचार गर्नुका साथै आफन्त खोजी पारिबारिक पुनर्मिलन गराउदै आएको छ। हाल मानबसेवा आस्रमले अधिराज्य भर सातै प्रदेशमा १९ जिल्ला २२ ओटा शाखाबाट सडकमानबको उद्दार गरि सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्