अनलाइनमार्फत् ठगी गर्ने ९ जना चिनियाँ नागरिकसहित १९ जना पक्राउ

| २०७९ चैत १५ गते १६: ५० मा प्रकाशित

काठमाडौं– नेपालमा बसेर अनलाइन मार्फत् ठगी गर्ने ९ जना चिनियाँसहित १९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १० जना नेपाली नागरिकसमेत रहेका छन्। 

उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले अपरेशन चार्ली अनलाइन स्क्याम चलाएर ठगीमा संलग्न ९ जना चिनियाँ र १० जना नेपाली नागरिकलाई पक्राउ गरेको हो। 

उनीहरुले ह्वाट्स एपमा अनलाइनमार्फत् बिजेनमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगी गरिएको पाइएको छ। प्रहरीका अनुसार ह्वाट्स एपमार्फत् टेलिग्राममा खाता खोल्न लगाउने र अपरेशन टिचर नामक च्यानलमार्फत् ठगी गर्ने गिरोहसम्म पुर्‍याएको पाइएको छ।

पैसा हालेपछि सामान अनलाइनमार्फत् बिक्री हुन्छ र त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहने तथा बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भन्दै ठगी गरेको पाइएको हो। 

पीडितले एनआईसी एसिया बैंकको राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ।रासस 

प्रतिक्रिया दिनुहोस्