लालटिन बहुउद्देश्यीय सहकारीको रक्तदानमा ४० युनिट रगत संकलन

| २०८० बैशाख ९ गते १७: ५४ मा प्रकाशित

बुटवल। लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलले २० औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सहकारीले नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत शनिवार गरिएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको सहकारीले जानकारी दिएको छ ।

सामाजिक सेवामा टेवा पुर्याउन र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको सहकारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्