रवि लामिछानेको कटाक्ष : प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?

| २०८० बैशाख २७ गते १०: २२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति कटाक्ष गरेका छन् । 

उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन् । खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका  सन्तानको जगजाहेर  तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’, उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । 
 
उनले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो बढाएको भन्दै आलोचना गरेका छन् । ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ’, उनले भनेका छन् ।

यद्दपी भुटानी शरणार्थी प्रकरणमा आज मात्र पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन् । रातोपाटी 

 

शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!!! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको "जगजाहेर तान्डव"लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!

प्रतिक्रिया दिनुहोस्