नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरको पक्षमा यस्तो छ वरिष्ठ अधिवक्ता पन्तको बहस

| २०८० जेठ २६ गते १७: ०९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस जारी रहेको छ । शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए । 

उनले यो प्रकरणमा गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्ने जिकिर गरे । शरणार्थी बनाएर विदेश जाने कुरा गैरकानुनी हो भन्नेमा विवाद नरहेको उल्लेख गर्दै शर्माले निहित राज्य सञ्चालकको स्वार्थ हुने उल्लेख गरे । 

‘निहित राजनीतिक खेलाडीहरूले टोपबहादुर रायमाझी पक्राउ परेपछि पनि जाहेरी हालेर बदनियत राखेको देखिन्छ’, उनले इजलासमा भने । 

प्रेमराज पन्थीविरुद्ध गौशाला प्रहरीमा टेकनाथ रिजालले उजुरी दिएको भएपनि प्रहरीले चासो नदिएको उनको जिकिर छ । तर, पक्राउ परेपछिको जाहेरीमा टोपबहादुरका मुद्दा कसरी अघि भन्दै उनले प्रश्न गरे । प्रहरी मुद्दा चलाउनमात्रै उद्धत रहेको भन्दै उनले प्रहरीले पब्लिसिटीको लागि प्रहरी काम गरेको तर क्राइम कट्रोलमा ध्यान नदिएको उल्लेख  गरे । उनले त्यसो हैन भने पन्थीको मुद्दा किन अघि बढेन भन्ने उनको प्रश्न थियो  । सन्देश शर्माको बयानअनुसार गजेन्द्र बुढाथोकरी र रामकुमार रेग्मीलाई प्रतिवादी बनाइनु पर्ने उनले जिकिर गरे ।source- ratopati

प्रतिक्रिया दिनुहोस्