टेलिभिजनमा यो भएन, त्यो भएन भन्न सजिलो थियो, अहिले कयौं प्रश्नहरुको सामना गर्नु परेको छः रवि लामिछाने

| २०८० जेठ २७ गते १४: ५२ मा प्रकाशित

काठमाडौं, २७ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्टि व्यक्त गरेरमात्रै अहिलेको समस्या सामाधान नहुने बताएका छन् । आज (शनिबार) पार्टीको अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै आफूले टेलिभिजनमा जति असन्तुष्टि व्यक्त गरेपनि राजनीतिमा आउँदा कयौं प्रश्नहरुको सामना गर्नु परेको बताएका हुन् ।

‘यो समाजप्रति हामी विहानदेखि बेलुकासम्म असन्तुष्टि प्रकट गरिरहन्छौं । हामीले गरेको असन्तुष्टिको प्रकटले मुलुक नसप्रिने रहेछ । असन्तुष्टि व्यक्त गर्न टेलिभिजनमा मलाई त सजिलो थियो । यो पनि भएन, त्यो पनि भएन, यो पनि ठीक छैन, त्यो पनि ठीक छैन भन्न सजिलो थियो । टेलिभिजन कार्यक्रमलाई निरन्तरता दिनु कुनै ठूलो कुरा थिएन ? सजिलै थियो तर, अब आफैं गर्छु भनेर आउँदा कयौं प्रश्नहरुको सामना गर्नु परेको छ,’– उनले भने ।

आफूहरुमाथि निरन्तर रुपमा घेराबन्दी भइरहेको बताउँदै उनले उक्त घेरबन्दीबाट नडराएको र बरु निरन्तर अगाडि बढ्ने प्रयास गरिरहेको बताए । सुशासन र पारदर्शिताको पक्षमा पार्टी एकदमै दृढ रहेको पनि उनको दाबी छ । पार्टीका तत्तकालीन सांसद ढाकाकुमार श्रेष्ठलाई सांसदबाट हटाएको प्रसंग जोड्दै उनले गलत मनसायबाट कोही पार्टीमा समावेश भएको पाइएमा कसैलाई पनि छुट नदिने बताए ।

‘हामी आँट गरेर आएका हौं । जति घेराबन्दी तपाईँले देख्नु भयो, यो बाटो सजिलो होला भन्ने तपाईहरुलाई लागेको होला । जुन धेराबन्दी र बाधाहरु छन्, त्यो सातो जाने खाल्को छ । तर, हामी डराउँदैनौं,’– उनले भने।रिपोर्टसनेपाल बाट साभार 

प्रतिक्रिया दिनुहोस्