गणतन्त्रको हुर्मत लिन खोज्नेलाई बहिस्कार अभियान चलाउन वाईसिएल अध्यक्ष शेर्पालीको अपिल

| २०८० जेठ २९ गते १४: १२ मा प्रकाशित

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय अध्यक्ष सुवोधराज शेर्पालीले संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिन खोज्ने पन्चहरुलाई गाउँगाउँबाट बाहिस्कार अभियान चलाउन अपील गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीतर्फ लक्षित गर्दै उनले अहिलेको व्यवस्था उन्नत बनाउन उनीहरुलाई बहिस्कार गरिनु पर्ने बताएका हुन् । राप्रपाका प्रमुख सचेतक शाहीले निरन्तररुपमा प्रतिनिधि सभामा माओवादी र प्रधानमन्त्री विरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिनखोज्ने पन्चहरूलाई गाउँगाउँबाट बहिस्कार अभियान चलाऊँ । यो व्यवस्था उन्नत बनाउन सबै नागरिक हातेमालो गरौं,’– सामाजिक सञ्जालमा शेर्पालीले लेखेका छन् ।रासस 

प्रतिक्रिया दिनुहोस्