नेपालमा भित्रियो मनसुन

| २०८० जेठ ३१ गते १८: ०४ मा प्रकाशित

मनसुन नेपाल भित्रिएको छ ।

यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।

नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्