किसानले एउटा खसी नदिएको झोकमा डिएसपीले भन्सार कार्यालमा बुझाइदिए ४२ वटा खसी

| २०८० जेठ ३२ गते १३: ०६ मा प्रकाशित

काठमाडौं, ३२ जेठ । सर्लाही इलाका प्रहरी कार्यालयका डिएसपीले आफूलाई खसी नदिएको भन्दै किसानको ४२ वटा खसी चोरी पैठारीको आरोप लगाउँदै भन्सार कार्यालयमा बु्झाइदिएका छन् ।प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दे उक्त घटना बाहिर ल्याएका हुन् । सर्लाहीको उक्त स्थानमा बसोबास गर्ने मुस्लिमहरुको पशु पालन व्यवसाय रहेको उल्लेख गर्दै उनले डिएसपीले सित्तैमा खसी माग्दा नदिएकै कारण ४२ वटा खसी चोरी पैठारीको नाममा भन्सारमा बुझाएको उनले बताए ।

‘एउटा डिएसीले खसी माग्दा उसले दिएन । त्यसकारण उसको ४२ वटा खसी भन्सारमा बुझाइदियो । गेरु वस्त्रधारी सरकारको क्लियर प्लान छ, यो देशमा मुस्लिम बस्न पाउनु हुँदैन । दलित बस्न हुँदैन ।’ उनले भने, ‘त्यसैले आफ्नो मन्त्रिमण्डलमा पनि राख्नु भएको छैन । गेरु वस्त्रको नसामा जनतालाई दुःख दिने काम नहोस् । गाउँपालिकाको सिफारिस समेत डिएसपीले च्यातेर फालिदिएको उनको आरोप छ ।रासस 

प्रतिक्रिया दिनुहोस्