शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकद्वारा डिजिटल उपकरण हस्तान्तरण

| २०८० सावन २९ गते २३: ५२ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं.६ धातिबाङमा रहेको श्री धातिबाङ माध्यमिक बिद्यालयलाई विभिन्न डिजिटल उपकरणहरु हस्तान्तरण गरिएको छ।

शाइन रेशुङ्गा डेभलपमेन्ट बैं लि. को सहयोगमा एक औपचारी कार्यक्रम गरि बिद्यालयलाई अावश्यक पर्ने कम्प्युटर, प्रोजेक्टर लगायतका उपकरणहरु हस्तान्तरण गरेको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको यस कार्यक्रमले प्रबिधिमैत्रि शिक्षा मार्फत बिद्यालयको गुणस्तरिय शिक्षामा टेवा पुग्ने अपेक्षा गरेको छ।
डिजिटल उपकरण हस्तान्तरण कार्यक्रम बैंकका कलस्टर प्रमुख कृष्णहरि भण्डारिको प्रमुख अध्यक्षता,धातिबाङका वडाअध्यक्ष कृष्ण प्रसाद पौडेल प्रमुख अतिथि,पुर्ब बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेल र रामप्रसाद पौडेल विशिष्ट अतिथि,सोही बिद्यालयका प्रध्यानाध्यापक हिमलाल पौडेल र अन्य समाजसेबि,शिक्षक,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम बैंकका कर्मचारी दिपचन्द्र धितालको स्वागत मन्तब्य र सन्धिखर्क शाखाका शाखा प्रबन्धक महेश घिमिरेको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको सोहि बैंकमा कार्यरत कर्मचारी जनार्दन भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्