गुल्मीको मुसीकाेटका वडाध्यक्ष घिमिरे मृत भेटीए

| २०८० भदौ ३ गते २१: ५२ मा प्रकाशित

गुल्मी।  गुल्मीको मुसिकाेट नगरपालिका वडा नं १ का वडाध्यक्ष माेहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे  घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

"परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।" उनले फेसवुकमा लेखेका छन् ।

सुक्रवार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केकाे पारिवारिक श्राेतले जनाएकाे जिल्ला प्रहरी कार्यालयले बताएको छ।

घिमिरे नेपाली कांग्रेस मुसिकाेट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन।

 वडाध्यक्ष माेहन घिमिरे को स्टाटस 

प्रतिक्रिया दिनुहोस्