तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट एक युवकको मृ'त्यु

| २०८० असोज १ गते १६: २६ मा प्रकाशित

पाल्पा, १ असोज । तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको मृत्यु भएको छ । घटनामा तिनाउँ गाउँपालिका-२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिजो दरखाने दिन बेलुका तीजको नाचगान भैरहेको ठाउँ घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको थियो । यो विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्