जाजरकोट भुकम्प : रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृ,त्यु, दर्जनौं घाइते

| २०८० कार्तिक १८ गते ०३: ५३ मा प्रकाशित

रुकुम। जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई उदृत गर्दै पठाएका विवरणहरुका अनुसार हालसम्म यो संख्या पुष्टी भएको हो।

रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे छ ।

जाजरकोट भुकम्प : रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु

नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।स्रोत -ईकान्तिपुर 

प्रतिक्रिया दिनुहोस्