सामूहिक हत्यालगत्तै छोरालाई ‘भिडियो रेकर्ड’ गर्न लगाएका थिए राजुले, यस्तो छ घटनाको अन्तर्य

| २०८० फागुन ९ गते १९: ०९ मा प्रकाशित

काठमाडौं । सोलुखुम्बुको दुधकोसी गाउँपालिकाका ५१ वर्षीय राजु घिमिरे भन्ने काजी विश्वकर्माले श्रीमतीसहित तीनजनाको हत्या गरेर आफूले आत्महत्या गरे ।

हाल काठमाडौंको सीतापाइलास्थित बद्री बजगाईंको घरमा भाडामा बस्दै आएका विश्वकर्माले बुधबार बिहान श्रीमती, छोरी र नातिनीको हत्या गरेका हुन् । श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ भनिने प्रेमकुमारी श्रेष्ठ, आठ वर्षीया छोरी अनिसा र साढे दुई वर्षीया नातिनी सिबनाको हत्या गरेका थिए । 

हत्यालगत्तै राजु आफूले समेत घटनास्थलबाट साढे तीन किलोमिटरमाथिको जंगलको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । राजुसहित चारजनाकै शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 


काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार राजुले श्रीमतीसँगको आन्तरिक विवादका कारण सामूहिक हत्या गरेर आत्महत्या गरेको खुलेको बताए।

प्रतिक्रिया दिनुहोस्