बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्ची रूखमा राखियो

| २०८० फागुन १० गते १८: ११ मा प्रकाशित

बुटवल । बुटवल बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी रूखमा राखिएको छ । नेपाल विद्यार्थी संघ र अखिल छैटौँले बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेको कुर्सी रूखमा राखेका हुन् । 

क्याम्पस प्रमुखको मिलेमतोमा क्याम्पसको मुल गेटमा अनेरास्ववियूको स्वागत बमेर्ड राखिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । विरोध स्वरूप क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका उपसभापति नारायण घिमिरेले बताए ।

फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक संङगठनहरु, स्ववियु, विद्यार्थी संगठनहरूको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो बोर्ड राख्न दिएको उनको आरोप छ । 

‘फागुन ६ गतेको बैठकले क्याम्पसको मूल गेट नजिकै रहेको स्ववियु बोर्डमा लेखिएको अभिभावदन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो । तर, क्याम्पसको भित्र रहेका तीन वटा चौपारीमा लेखिएको जय नेपाल हटाउने र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियू झण्डा हटाउने सहमति भएको थियो । यी सहमति पालना गर्नुपर्नेमा झन् रातारात बोर्ड राख्ने सहमति दिएपछि बाध्य भएर यो कदम चालेका हौँ’ घिमिरेले बताए ।

क्याम्पस प्रमुखले ७ दिन भित्रमा राजीनामा नदिए थप कडा कदम चाल्ने उनीहरुको चेतावनी छ । नेपाल विद्यार्थी संघ र अखिले छैटौँले स्वागत बोर्ड अनेरास्ववियूले राखेको बताएपनि अनेरास्ववियूले भने आफूहरूले नराखेको दाबी गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषयमा भएता पनि नेविसंघ र अखिल छैटौँले गैरजिम्मेवारी देखाएको बताए । source-ratopati

 

प्रतिक्रिया दिनुहोस्