बाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतले दियो अनुमति

| २०८० फागुन १० गते १८: २५ मा प्रकाशित

उच्च अदालत पाटनले सन्दिप लामिछानेको पुनरावेदन दर्ता गरेको छ।क्रिकेटर लामिछानेले एक किशोरीलाई करणी गरेको अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौँको फैसालविरुद्ध पुनरावेदन गरेका हुन्।

उनलाई जिल्ला अदालत काठमाडौँले करणी गरेको अभियोगमा दोषी ठहर गर्दै आठ वर्ष जेल जसाय, दुई लाख क्षतिपूर्ति र तीन लाख जरिवाना हुने फैसला सुनाएको छ। लामिछानेले जेल बाहिरै बसेर पुनरावेदन गरिपाउँ भनि दिएको निवेदनमा उच्च अदालतले अनुमति दिएको छ।

पुनरावेदनसँगै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिम जेल बाहिरै बसेर पुनरावेदनको प्रक्रिया अघि बढाउन पाउँ भन्ने निवेदन पनि दिएका थिए।
रजिष्टार मानबहादुर कार्कीले उनलाई जेल बाहिरै बसेर पुनरावेदन गर्न पाउने सुविधा दिँदै दर्ता गरेका हुन्।

सन्दिपका वकिल मुराहरि सापकोटाका अनुसार पहिलो पेशी चैत १२ गतेका लागि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्