गोठमा आगलागी हुँदा गोठमा भएका सम्पूर्ण बस्तुभाउ जलेर नष्ट

| २०८० चैत ४ गते १५: १३ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। पाणिनि गाउँपालिकाको वडा नम्बर ३ ढाबका चिरञ्जीवी रास्कोटिको गोठमा आगलागी हुँदा गोठमा भएका सम्पूर्ण बस्तुभाउ जलेर नष्ट भएका हुन् । 

आइतबार राति करिब १ बजेको समयमा आगलागी भएको स्थानीयको भनाई छ । आगलागीबाट  गोठ जलेर नष्ट भएको छ भने ९ वटा बाख्रा, तीन वटा भैंसी लगायत गोठमा भएका सम्पूर्ण बस्तुभाउ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए ।

आगलागीबाट ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । गोठमा विद्युत तार सट भई आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्