नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता

| २०८० चैत १५ गते १६: ५८ मा प्रकाशित

१५ चैत, काठमाडौं । नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ ।

१० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो ।वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो।

उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिले काज नगर्ने हेडक्वाटरको नीति रहेको प्रवक्ता ढकालको भनाइ छ ।

त्यस्तै पछिल्लो १ वर्षमा ४ हजार ३४ प्रहरी कर्मचारीको बढुवा गरिएको छ । ३० हजार ६६२ प्रहरीको सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्