पाणिनी स्पोर्ट्स एकेडेमीद्वारा बार्षिकोत्सव को अबसरमा पाणिनी ३ खिदिम दुर्गाफाँटमा विभिन्न कार्यक्रम गरि मनाउँदै

| २०७८ कार्तिक १३ गते १५: ०५ मा प्रकाशित

माधब पौडेल  ,पाणिनि 
कार्तिक ,१३। पाणिनी स्पोर्ट्स एकेडेमीले पहिलो बार्षिकोत्सव को अबसरमा  यहि कार्तिक २४/२५ र २६ गते पाणिनी ३ खिदिम दुर्गाफाँटमा  विभिन्नकार्यक्रम तय गरेको छ ।जस अन्तर्गत औपचारिक कार्यक्रमका बिच खुला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता र पाणिनी गाँउपालिका स्तरिय महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भन्ने कुरा साथै एकेडेमीको भावि कार्ययोजना समेत जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।उक्त कार्यक्रम एकेडेमीका अध्यक्ष भरत पुन को अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख अतिथिको रुपमा घनश्याम घिमिरे र तिलकराम गैरेको उपस्थिति रहेको थियो। 

कार्यक्रम एकेडेमीका सचिव लक्ष्मण गौतमको सञ्चालनमा सम्पन्न भएको हो,उक्त कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्षले आयोजित खेलकुद सम्वन्धि पुर्ण जानकारी प्रदान गर्नुभएको थियो साथै एकेडेमीको भावि कार्ययोजना समेत व्यक्त गर्नुभएको थयो । ,उक्त खेलमा पुरुषतर्फ प्रथम पुरस्कार रु.५१000 ट्रफी ,मेडल र प्रमाणपत्र ,द्वितीय पुरस्कार रु.३१000 ट्रफी ,मेडल र प्रमाणपत्र ,तृतीय पुरस्कार रु.२१000 ट्रफी ,मेडल र प्रमाणपत्र ,सान्त्वना पुरस्कार रु.११000 ट्रफी ,मेडल र प्रमाणपत्र साथै विभिन्न विधामा व्यक्तिगत पुरस्कार रहेको भने महिला तर्फ बिजेताको लागि रु.१0000 र उपविजेताको लागि रु.५000 नगद  ,ट्रफि मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको भनी एकेडेमीका सचिव लक्ष्मण गौतमले बताउनुभएको थियो।

खेलको क्षेत्रमा विद्यालयलाई सहयोग गर्दै आएको र आगामि दिनमा पनि सहयोगको अपेक्षा राखेको भनी प्रमुख अतिथि घनश्याम घिमिरेले बताउनुभयो त्यस्तै तिलकराम गैरेले पनि एकेडेमीको प्रशंसा गर्दै खेलाडी उत्पादनमा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो,खेलअवधि भर प्रचारप्रसार र लाईभ प्रसारणको लागि व्यवस्था गरिने गरि कुरा भईरहेको र विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगीहरुले एकेडेमीका सदस्यहरु सँग सहकार्य गर्न भनी एकेडेमीका सदस्य (प्रवक्ता) हुमनाथ घिमिरेले अपिल समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्