अर्घाखाँचीको पाणिनीका एक युवक सैनामैनाबाट ३ दिन देखि बेपत्ता

| २०७८ मंसिर ३ गते २२: ०३ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। 
मङ्सिर ३ - सैनामैना नगरपालिका देखि देखि यहि गत मिति मङ्सिर १ गते देखि एक युवक घरपरिवार बाट एका - एक सम्पर्कबिहीब रहेका छन्। 

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर - १ पणेनाका २८ बर्षिय युवक लक्ष्मण पोख्रेल मङ्सिर १ गते सैनामैना देखि दिउँसो  करिब १२ /१ बजेको समयमा बजाज कम्पनीको बा ७९ प् ५३१९ नम्बरको १५० सिसिको सेतो पल्सर मोटरसाइकल लिएर सैनामैना बाट निस्केका पोख्रेल आजको मिति सम्म घरपरिवारको सम्पर्कमा आएका छैनन्।मोबाइलमा सम्पर्क गर्दा उनलाई सम्पर्क गर्न नसकिएको घरपरिवार बताउँछन्। 

बेपत्ता हुने पोख्रेलका घरपरिवारले अर्घाखाँचीबुलेटिलाई दिएको जानकारी अनुसार निजले सेतो सट,कालो पाइन्ट र हरियो चप्पल लगाएर निस्केको बुझिएको छ। 

कृपया माथि तस्विर मा देख्नुहुने लक्ष्मण पोख्रेललाई कहिँ कतै देख्नुहुने महानुभावहरुले 9746410850- 9867270316- 9867434227 - 9849991364 को मोबाइल नम्बरमा सम्पर्क गरिदिनु हुन वा नजिकैको प्रहारी कार्यालयमा तुरुन्तै खबर गरिदिनुहुन बुलेटिन परिवार हार्दिक विनम्र अनुरोध गर्दाछौँ।

प्रतिक्रिया दिनुहोस्