सैनामैना बाट बेपत्ता रहेका अर्घाखाँचीको पाणिनीका पोख्रेल पाल्पामा मृ'त फेला

| २०७८ मंसिर ८ गते २१: ३३ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। 
मङ्सिर ३ - सैनामैना नगरपालिका देखि देखि यहि गत मिति मङ्सिर १ गते देखि घरपरिवार बाट एका - एक सम्पर्क बिहिन रहेका पोख्रेल मृत अवस्थामा फेला परेका छन्। 

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर - १ पणेनाका २८ बर्षिय लक्ष्मण पोख्रेल मङ्सिर १ गते सैनामैना देखि दिउँसो  करिब १२ /१ बजेको समयमा बजाज कम्पनीको बा ७९ प् ५३१९ नम्बरको १५० सिसिको सेतो पल्सर मोटरसाइकल सहित एक्कासी बेपत्ता भएका थिए। 

प्रहरी स्रोतका अनुसार पोख्रेललाई खोजि कार्य गर्ने क्रममा बेपत्ता रहेको ८ दिन पछि अर्घाखाँचीको छिमेकी जिल्ला पाल्पामा झुन्डिएको अवस्थामा मृत फेला परेको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्