पाणिनिमा एमालेमा पहिरो : कांग्रेस सचिव अच्युत गाैतमकाे पहलमा पटाैटीमा एमाले परित्याग गरि ६१ घरधुरी काँग्रेसमा प्रवेश

| २०७८ पौष ७ गते १७: ०८ मा प्रकाशित

प्रेमनारायण आचार्य, सन्धिखर्क।
७ पुस- नेपाली काँग्रेसका जिल्ला सचिव तथा पाणिनि गाउँ पालिकाका अध्यक्ष  अच्युत गाैतमकाे पहलमा पाणिनि ४ पटाैटीमा ६१ घरधुरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

नेपाली काँग्रेस पाणिनि-४ पटाैटीले आयाेजना गरेकाे क्रियाशील भेला तथा पार्टी प्रवेश कार्यक्रममा बाेल्दै  कांग्रेस नेता गाैतमले नेपाली काँग्रेसकाे संगठनलाई मजवुत बनाउँन सबै लाग्नुपर्ने बताउँनुभएकाे छ । उहाँले नवप्रवेशीहरूलाई स्वागत गर्दै जनताकाे पक्षमा काम गर्ने बताउनुभयाे । 

कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य गिता घिमिरे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्यामनाथ काश्यप, गाउँपालिका सभापति तुल्सिराम पाैडेल, प्रदेश प्रतिनिधि नारायणहरी घिमिरे, नेविसंघका जिल्ला उपाध्यक्ष घनश्याम पाैडेल, गाउँपालिका सहसचिव लिलापति घिमिरे, क्षेत्रिय प्रतिनिधि दामाेदर पाेख्रेल, महेन्द्र थापा लगाएतले मन्तव्य राख्नुभएको छ । 

 नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरि  मसिने राष्काेटी, मेहर सिंह राष्काेटी, शिव बहादुर राष्काेटी, जुना राष्काेटी लगाएत काँग्रेस प्रवेश गर्नुभएकाे छ ।
कार्यक्रम नेपाली काँग्रेस पटाैटीका सभापति धर्मराज घिमिरेकाे अध्यक्षता, सचिव कृष्ण गैरेकाे सञ्चालन र उपसभापति हरिप्रसाद घिमिरेकाे स्वागतमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्