अर्घाखाँची जिल्लाको पाणिनी ७ भञ्ज्याङमा युवाहरुका लागि आधारभुत पत्रकारीता तालिमको सुरुवात

| २०७८ फागुन २४ गते २०: ३५ मा प्रकाशित

पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं ७ भञ्ज्याङमा युवाहरुका लागि आधारभुत पत्रकारीता तालिमको सुरुवात भएको छ ।

पाणिनी गाउँपालिका वडा नं ७ को आर्थिक सहयोग एवं एटम मिडिया प्रा।ली को आयोजनामा मंगलबार ९आज० एक कार्यक्रमका बिच तालिमको सुरुवात गरीएको हो । तालिम २४, २५ र २६ गते गरी ३ दिन हुने आयोजक संस्थाले जनाएको छ । तालिममा ३७ जना प्रशिक्षार्थिको सहभागिता रहेको छ ।

तालिमको उत्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारी, नेपालि कांग्रेस पाणिनी गाउपालिका सभापति तुल्सिराम पौडेल, नेकपा एमाले पाणिनी अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नं ७ का वडा सचिव कमल प्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम एटम मिडिया प्रालीका अध्यक्ष माधव बेल्वासेको अध्यक्षता, वडा नं ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको प्रमुख आतिथ्यता, प्रतिक्षा बेल्वासेको स्वागत 

मन्तब्य र पाणिनी न्युज डटकमका सहसम्पादक प्रकास प्युठानीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।तालिममा पत्रकार महासंघ अर्घाखाँचीका पुर्व उपाध्यक्ष गणेश खनाल, पत्रकार महासंघका जिल्ला सदस्य तथा हिन्दुखबर डटकमका प्रबन्ध सम्पादक घनश्याम पौडेल,पत्रकार डिआरजी सुमन, भिम विसिले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्