पाणिनीको धातिवाङ्गमा स्वास्थ्य चौकी भवनको शिलन्यास

| २०७९ सावन २८ गते १९: ५५ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा बन्न लागेको स्वास्थ्य चौकी भवनको शिलन्यास भएको छ । गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले हिन्दुधर्म परम्परा अनुसार निर्माण हुन लागेको भवनको पुजा गरेर शिलन्यास गरेका हुन ।

शिलन्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले मापदण्ड सहितको भवन बनाउँन निर्माण व्यवसायीलाई निर्देशन दिए । गाउँपालिकामा प्राविधिक समस्याले बजेट पास हुन नसकेकोले कामकाजमा ढिलाई भएको बताए । गाउँपालिकाका आधारभुत आवश्यकताहरु शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका आवश्यकता पुरा गरेर अगाडी बढ्ने बताए ।

पाणिनी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद पौडेलले वडामा भएका समस्याहरुलाई प्राथमितकतामा दिएर बजेट विनियोजन गरेको बताए । निर्माणहुन लागेको स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउँन निर्माण व्यवसायीलाई आग्रह गर्दै स्वास्थ्य क्षेत्रको विकास महत्वपुर्ण रहेको पौडेलले बताए ।

पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेलको स्वागत तथा मित्रदेव पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानिय मणिराम पौडेल, एमाले वडा सचिव प्रेमनारायण पौडेल, काँग्रेस वडा सचिव हुमनाथ पौडेल, पुर्व वडा अध्यक्ष शुभबहादुर सारु लगाएतले मन्तव्य राखेका थिए ।

पण्डित चन्द्रमणि घिमिरेले धार्मिक विधिपुर्वक पुजा गराई भवन निमार्णको काम सुरुवात गरिएको छ । हाम्जा निर्माण सेवाले करिब ९९ लाख ८६ हजारमा ठेक्का लिएको स्वास्थ्य चौकी भवनको म्याद माघ २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्