पैसा दिएर भोट माग्नेले बिकास हैन विनाश गर्छ: कमल भुसाल

| २०७९ कार्तिक २८ गते २१: ३७ मा प्रकाशित

अर्घाखाँची, २८ कात्तिक। नेपाली कांग्रेसका नेता तथा गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश (ख) का साझा उम्मेदवार कमल भुसालले पैसा दिएर भोट माग्नेले बिकास नगर्ने बताएका छन् ।

भुसालाले आफ्ना प्रतिस्पर्धीहरुले भोट हाल्न पैसा बाड्ने र प्रलोभन देखाउने गरेको पाइएकोले जनता आफै सचेत हुनुपर्ने भन्दै उनिहरुले विकास नभई विनास गर्ने बताए । भोट हाल्न पैसा बाढ्नु भनेको व्यापारमा लगानी गर्नु जस्तै हो, लगानी गरेपछी दोहोरो प्रतिफल लिन खोज्छ । त्यस्ताले विकास गर्दैन, भुसालले भने ।
एक हजार दिएर भोट किन्नेले भोलि तपाईं हाम्रै करको रकम भ्रष्टाचार गरेर ५ हजार बढी असुल गर्ने भन्दै भुसालले भोटको मोल गर्ने सँग जनता सचेत हुनुपर्ने बताए ।

यस्तै पाणिनी गाउँपालिकाको मैदान भर्तापुरमा मतदातासँग भेटघाट गर्दै भुसालले भर्तापुरलाइ कस्तो बनाउने भन्ने योजना भर्तापुरबासीसँग बसेर बनाएर नमुना बनाउने बताए । भुसालले आफुले जितेपछी पहिलो काम नै भर्तापुरको खानेपानीको समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्