दुर्गाफाँटको खिदिम साइको पाखो र मैदान क्षेत्रको पाखोमा व्यवस्थित शहरीकरण गर्छु : रामजी घिमिरे

| २०७९ मंसिर १ गते २१: १४ मा प्रकाशित

कमला घिमिरे। पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा समथर भूभाग छ । जहाँ खेतीयोग्य जमिन छ । त्यसलाई व्यवस्थित गर्दै, शहरीकरण गर्ने, खोला छेउमा करिडोर र तटबन्ध निर्मँण गर्दै कृषि उद्यमको स्थलको रुपमा विकास गर्ने एमालबाट अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले बताए ।

उनले दुर्गाफाँटको खिदिम साइको पाखो र मैदान क्षेत्रको पाखोमा व्यवस्थित शहरीकरण गर्ने बताए । बीचमो खेतीयोग्य जनिमलाई कृषि भूमिको रुपमा परिणत गर्ने बताए । पशुपालन, तरकारी खेती, अन्नबाली उत्पादनलाई आधुनिकीकरण गरेर सयौं युवालाई कषि उद्यमबाट स्वरोजगारी बताउने घिमिरेको योजना छ ।

घिमिरेले बाँसाका रुख क्षेत्रमा सरकारी कार्यालय क्षेत्र बनाएर सुन्दर दुर्गाफाँट बनाउने एजेण्डा रहेको उनले सुनाए । दुर्गाफाँटमा पालिका कार्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्