आई लभ यु युवा क्लबद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगिताको उपाधि पाल्पालाई

| २०७९ माघ ९ गते १८: ०६ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। आई लभ यु युवा समुह पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोक अर्घाखाँचीले आयोजना गरेको भलिबल खेलमा अर्घाखाँची बुलेटिनको समुहलाई पराजित गर्दै पाल्पाको श्रीनगर भलिबल संघले विजयी हासिल गरेको छ । माघ ६ गतेदेखी सुरु भएको खेल आज फाईनल भएको हो ।

फाईनल खेलमा पाल्पाले अर्घाखाँची बुलेटिनलाई विजयी भएको तिन सेटमा क्रमशः २५–१०, २५–२१ र १९–१७ ले पराजित गरेको हो । खेलमा पाणिनी स्पोर्टस एकेडेमीलाई पराजित गर्दै परिवर्तित युवा क्लब पाणिनी ५ मैदानले तृतिय भएको आई लभ यु युवा क्लबका अध्यक्ष लोकराज रसाईलीले बताए ।

अर्घाखाँची बुलेटिनको समुह

कार्यक्रमको समापन सत्रमा पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले खेलकुद क्षेत्रको विकासका लागी गाउँपालिका प्रतिबद्ध भई अगाडी बढ्ने बताए । उनले खेलकुद स्वास्थ्यका लागी सँगै खेलाडी उत्पादन गर्नमा पनी टेवा पुग्ने बताए ।

पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले विजयी समुहलाई बत्राई दिदैँ आगामी दिनमा थप मेहनत गर्न पराजित समुहलाई आग्रह गरे । उनले खेलकुद क्षेत्र अनुशासनमा केन्द्रीत हुने भएकाले खेलाडी अनुशानमा रहनुपर्ने बताए । वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेलले खेलकुदको माध्यमबाट वडालाई पहिचान बनाउँन सँगै राष्ट्रिय स्तरका खेलाडीको खेलबाट प्रभावित भई वडामै खेलाडी उत्पादन गर्नमा खेलकुद महत्वपुर्ण भएको बताए ।

कार्यक्रमको उद्घाटन सत्र आई लभ यु समुहका अध्यक्ष लोकराज विकको अध्यक्षता र विकास भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

भलिबल खेलमा बिजेतालाई क्रमशः १ लाख १ हजार १ सय ११, दृतियलाई ६० हजार ६ सय ६६, तृतियलाई ४० हजार ४ सय ४४ सहित शिल्ड, ट्रफी, प्रमाणपत्र दिईएको आयोजक समितीका सञ्चार संयोजक संगम भट्टराईले बताए । जिल्लामै ऐतिहासिक खेलको सुरुवात पाणिनीको ग्रामिण भेगमा पहिलोपटक सुरुवात भएको हो । साथमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्