शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर छ : प्रदेश सभा सदस्य घिमिरे

| २०७९ माघ २७ गते २२: १० मा प्रकाशित

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षा नै आजको महत्त्वपूर्ण आवश्यकता रहेको बताएका छन् । 

शुक्रबार पाणिनी गाउँपालिका-४ पटौटीमा रहेको देवी प्रभाव माध्यमिक विद्यालयमा आयोजित ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस-२०७९ लाई सम्बोधन गर्दै सामुदायिक शिक्षा सुधार सरकारको दायित्व रहेको बताए । 

लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे

उनले कुनै पनि बालबालिकालाई शिक्षाको ज्योतिबाट बन्चित नगराउन तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । 

घिमिरेले मुलुकको समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउँदै शिक्षा सुधारमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । 'मुलुकको समग्र विकासको लागि पहिलो कुरा शिक्षामा सुधार गर्नुपर्छ ।-उनले गरे- शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर छ ।' 

उनले स्रोत र साधनको अभावका बिच पनि सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्