पाणिनीको धातिवाङ्गमा रहेको श्री अमर आधारभुत विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

| २०७९ माघ २८ गते २१: २८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको अमर आधारभुत विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्र महत्वपुर्ण रहेको बताउँदै शिक्षाको गुणस्तर वृद्धिका लागी स्थानिय सरकारले प्राथमिकता दिने बताए ।

कार्यक्रममा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेल, कालिका आधारभुत विद्यालयका प्रअ गोविन्दप्रसाद पौडेल, सुर्योदय आधारभुत विद्यालयका प्रअ घनश्याम पौडेल, पुर्व शिक्षक रविलाल पौडेल, विद्यालय व्यवस्थापन समितीका सदस्य प्रेमनारायण पौडेल लगाएतले विद्यालयको वार्षिकोत्सवको अवसरमा सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता, कुर्ची दौड प्रतियोगितामा प्रथम, द्धितीय र तृतियलाई पुरस्कार वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुक्तीराम पौडेलको अध्यक्षता, विद्यालयका प्रअ हिमलाल पौडेलको सञ्चालन र शिक्षिका दिपा बुढाथोकी सारुको स्वागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्