पाणिनीको पटौटिमा डवल क्याप दुर्घटना: ४ जना घाईतेमध्ये २ जनालाई पाल्पा मिसन अस्पताल पठाइयो

| २०७९ फागुन १२ गते २१: ५६ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा न. ४ पटौटिमा लु.१ ज २६८५ नम्वरको डवल क्याप गाडि दुर्घटना भएको छ ।

 दुर्घटनामा परि ४ जना घाईते भएका छन् । पटौटिको चोराहा भन्ने स्थानमा दुर्घटनामा परेको गाडि बुटवल बाट गुल्मीको खर्याज्ङ जान लागेको थियो ।

दुर्घटना भएको खबर पाए लगत्तै स्थानियले उद्धार गरि घाईते मध्ये २ जनालाइ मिसन अस्पताल पाल्पा पठाईएको  छ ।

प्रतिक्रिया दिनुहोस्