आपसी प्रेम, स्नेह, सद्भाव र मित्रताको पावन पर्व होलिको अवसरमा पाणिनिको मैदानमा होली विशेष कार्यक्रम सम्पन्न

| २०७९ फागुन २३ गते २०: ३८ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। आपसी प्रेम, स्नेह, सद्भाव र मित्रताको पावन पर्व होलिको अवसरमा पाणिनिको मैदानमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ।

परम्परागत धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्य राखेर स्थापना भएको बैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा विशेषगरी पाणिनि ५ मैदानका संस्कृतिप्रेमी एवं धार्मिक चिन्तकहरुको विशेष उपस्थिति रहेको थियो कार्यक्रम बैदिक सनातन धर्म सेवा समाजका पदाधिकारीहरुले त्यहाँ उपस्थित भक्तजनहरुलाई टीका लगाई शुभारम्भ गर्नुभएको थियो भने समितिका सदस्य टेकनारायण गैरेले पनि शुभकामना राख्नुभएको थियो।

भक्तजनहरूको विशेष उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न भजन कीर्तनहरु समेत प्रस्तुत गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्