पाणिनी गापाले गाडी दुर्घटनामा परि घाईते भएका, मृतक भएका र अस्पतालमा उपचाररतका घाईतेलाई राहत स्वरूप सहयोग गर्ने

| २०८० असार ३ गते १८: २७ मा प्रकाशित

कमला घिमिरे पाणिनी। अर्घाखाँची  जिल्लाको पाणिनि गाउँपालिकाले गाडी दुर्घटनामा परि घाईते भएका, मृतक भएका र अस्पतालमा उपचाररतका घाईतेलाई राहत स्वरूप सहयोग गर्ने भएको छ ।

पाणिनि गाउँपालिकाको कार्यालय कार्यपालिका बैठकले गरेको निर्णयअनुसार मृतक ५ जनालाई ३० हजारका दरले १ लाख ५० हजार, अस्पतालबाट डिस्चार्ज भएका ४ जनालाई १० हजारका दरले ४० हजार, अस्पतालमा घाईते भई उपचाररत ६ जनालाई ४० हजारका दरले २ लाख ४० हजार गरि जम्मा ३ लाख ३० हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए ।

सालझण्डीबाट अर्घाखाँचीको पणेना आउँदै गरेको डव्ल क्याप गाडि जेठ २१ गते पाल्पाको सत्यवती क्युरेछेडामा दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको हो, जसमा ६ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्