पाणिनीमा पारदर्शीता वृद्धिको लागी पत्रकारीता तालिम सञ्चालन

| २०८० असार ४ गते २१: ४९ मा प्रकाशित

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष युवराज ज्ञवालीले पारदर्शीता वृद्धिको लागी पत्रकारीता तालिम सञ्चालन गरिएको बताएका छन् ।

लोकतन्त्रको सुन्दर पक्ष पत्रकारीता भएकाले पत्रकारिता तालिम प्रभावकारी हुनेमा विश्वस्त रहेको वडा अध्यक्ष ज्ञवालीले बताए । पाणिनी ३ खिदिममा आधारभुत पत्रकारीता तथा उद्घोषण तालिमको उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले गाउँ समाजमा हुने विकास निर्माणका काममा पारदर्शीता ल्याउँनका लागी पत्रकारीता तालिम प्रभावकारी हुन बताए ।

वडा सदस्य हरीप्रसाद बन्जाडेले पत्रकारीता तथा उद्घोषण तालिमले नेतृत्व विकासमा टेवा पुग्ने बताए । उनले तालिममा सिकेको ज्ञान तालिमका लागी मात्र नभई व्यवहारमा प्रयोग गर्न आग्रह गरेका छन् ।

पाणिनी गाउँपालिका वडा नं. ३ खिदिमको आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा सुरु भएको तालिममा वडा सदस्य सिता परियार, प्रशिक्षक युवराज पाण्डे लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको उद्घाटन सत्र लुम्बिनी मिडिया एजेन्सीका कार्यकारी निर्देशक घनश्याम पौडेलको अध्यक्षता, वडा सचिव गोविन्द विकको सञ्चालन र वडा सदस्य सुनिता पोखरेलको स्वागतमा सम्पन्न भएको हो ।

४ गतेदेखी ८ गतेसम्म सञ्चालन हुने पत्रकारीता तालिममा करिब ५० जनाको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्