अर्घाखाँचीका इन्जीनियर मोहराज पौडेल नवीन सोच- ईन्नोभेटिभ आइडिया "प्रतिभा डबली"मा नेपाल प्रथम

| २०८० असार ५ गते १९: २६ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची।
५ असार- निजामती कर्मचारीको नवीन सोच- ईन्नोभेटिभ आइडिया प्रस्तुतिका लागि ‘प्रतिभा डबली’ अन्तिम चरणको छनोट कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका इन्जीनियर मोहराज पौडेल नेपाल प्रथम भएका छन् ।

प्रथम इन्जिनियर पौडेलले स्थानिय तहमा नविन सोच ल्याउँने सम्बन्धमा प्रस्तुति दिएका थिए । सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय अन्र्तगत अन्तिम नविन सोच प्रस्तुतिमा उत्कृष्ट १० विचारकहरूले आफ्नो सोच प्रस्तुत गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुबिकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’

उनले हरदम आफ्नो बिचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सँधै उच्च मूल्याङ्कन गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्