अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृ'त्यु

| २०८० असार १९ गते १४: ४२ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

पाणिनी गाउँपालिका १ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए । तीन बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् । 

घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घरको आधाभाग पूरेको छ।

प्रतिक्रिया दिनुहोस्