एसईईमा ग्रेड वृद्धि गर्ने विद्यार्थीलाई निःशुल्क टिउसन पढाउँदै पाणिनी ६ का वडाअध्यक्ष पौडेल

| २०८० असार २७ गते २१: ३७ मा प्रकाशित

कमला घिमिरे । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको बिहानी समय विद्यार्थीहरुलाई शिक्षा दिनमै वित्छ ।

 बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै पढ्न आएका विद्यार्थीहरुलाई एसईईको ग्रेड वृद्धि परिक्षा दिने तयारी गरेका विद्यार्थीहरुलाई अध्यापन गराउछन् । धातिवाङ्ग माध्यमिक विद्यालयमा अध्ययन गरी ग्रेड वृद्धि गर्ने ८ जना विद्यार्थीहरुलाई नियमित अध्यापन गराँउदै आएका छन् । निःशुल्क रुपमा अध्यापन गराउँने वडा अध्यक्ष पौडेल भन्छन् ‘एसईईमा सोचेअनुसार नतिजा नआएपनि ग्रेड वृद्धि मार्फत थप ग्रेड वृद्धि गर्ने अवसर विद्यार्थीले प्राप्त गरेका कारण घरमै टिउँसनको रुपमा अध्यापन गराउँन थालेको छु  ।

’ अनिवार्य गणित र ऐच्बछीक गणितको टिउँसन वडा अध्यक्ष पौडेलले पढाउँछन् । समाजसेवा गर्नका लागी वडा अध्यक्षमा जनताले विजयी बनाएका हुन, विद्यार्थीहरुलाई आफुसँग भएको ज्ञान सिकाई आदानप्रदान गरेपछि विद्यार्थीहरुलाई हौसला बढाउँन टिउसन पढाउँन थालेको छु । 

गतवर्ष पनि विद्यार्थीहरुलाई टिउसन पढाएको थिए, वडा अध्यक्ष पौडेलले भने ‘यसवर्ष पनि विद्यार्थीहरुले पढाउँन भनेपछि बिहानको करिब ३ घण्टाको समय विद्यार्थीहरुसँग बिताउँछु ।’ २९ वर्षिय वडा अध्यक्ष दिनभर भने वडाकै काममा व्यस्त हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्