पाणिनी ५ आलमदेवी मन्दिर परिसर आलमनगरमा वृक्षारोपण कार्यक्रम सम्पन्न : विभिन्न जातका एक सय बिरुवा रोपियो

| २०८० सावन ६ गते १९: ४१ मा प्रकाशित

कमला घिमिरे, पाणिनी। महामानव वि.पी. कोईरालाको ४१ औं स्मृति दिवसको अवसर विभिन्न कार्यक्रम गरि मनाएको छ । 

नेपाली काङ्ग्रेस अर्घाखाँचीले पनि विपि कोईरालाको स्मृति दिवसको अवसरमा जिल्लाभर वृक्षारोपण कार्यक्रम(रुख रोप्ने अभियान) गरि मनाएको हो ।

 नेपाली कांग्रेस पाणिनिको आयोजनामा आलमदेवी मन्दिर परिसर आलमनगर पाणिनि - ५ मा वृक्षारोपण कार्यक्रम सम्पन्न  भएको छ आलमदेवी मन्दिरको वरपर  विभिन्न जातका एक सय भन्दा बढी बिरुवा हरु रोपिएको हो। 

रुख रोप्न अभियानमा जिल्ला सचीव  अच्युत गाैतम नेपाली काङ्ग्रेस पाणिनी ५ का सभापति गणेश घिमिरे नेपाली काङ्ग्रेस जिल्ला सहसचिव मेघराज पाण्डे जिल्ला कार्य समिति सदस्य मघु पन्थ प्रदेस सदस्य गिता घिमिरे ,महासमिति सदस्य श्यामनाथ काश्यप, पाणिनि गा पा सभापति तुल्सि पाैडेल, ने का जि का स सदस्य महेस पन्थ हुमनाथ पाैडेलनेता कार्यकर्ता, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्