बाजागाजा सहित काँग्रेसमा प्रवेश गरेकी अर्घाखाँची की लक्ष्मी गौतम ३ बर्षमा ३ पटक पार्टी फेरबदल

| २०८० सावन २६ गते २३: ४५ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। २०७४ सालको स्थानिय निर्वाचनमा एमालेको तर्फबाट पाणिनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी लक्ष्मी गौतम गतवर्ष काँग्रेस प्रवेश गरिन् । २०७८ साल पुस १९ गतेका दिन बाजागाजा सहित काँग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य पुष्पा भुसाल, सञ्जय गौतम सहित जिल्लाका नेताहरुले गौतमलाई काँग्रेसमा भित्र्याए । दुर्गाफाटमै भएको सभामा गौतम सहित धेरै काँग्रेस प्रवेश गरे ।

एमालेबाट निर्वाचित भएको कार्यकाल नसकीदैँ गौतम नेकपा एस हुदैँ काँग्रेसमा प्रवेश गरेकी हुन । पुसमा काँग्रेसमा प्रवेश गरेकी गौतम २०७९ बैशाख ३० गते हुने निर्वाचनमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदका लागी काँग्रेसले उनै गौतमलाई टिकट दियो । काँग्रेसले पाणिनीमा अध्यक्ष, उपाध्यक्ष दुबै पद गुमाएको थियो ।

गौतम निर्वाचनमा पराजित भएतापनि काँग्रेसको राजनितिमा सक्रिय थिईन् । काँग्रेसको जिल्ला पार्टीको पवक्ता बनेकी गौतम गत साउन १९ गते भएको पालिका सम्मेलन कार्यक्रममा सहभागी बनिनन् । उनी पार्टीभित्र असन्तुष्टि रहेको कुरा आज काँग्रेस परित्याग गरी पुनः एमालेमै फर्किदा पुष्टि भयो ।

तामझामका साथ काँग्रेस प्रवेश गरेकी गौतम काँग्रेसमा राजनितिक भविष्य नदेखेको भन्दै एमाले प्रवेश गरेको स्रोतले जनायो । उनलाई एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, जिवनारायण कोईराला लगाएतले एमालेमा समाहित गराए ।

प्रतिक्रिया दिनुहोस्