जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा दुर्गाफाटमा नागरिक सुनुवाई सम्पन्न

| २०८० असोज १४ गते १६: २५ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा दुर्गाफाटमा नागरिक सुनुवाई सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची माताहतका चौकी तथा युनिटबाट प्रबाह गरिने सेवाको प्रवाबकारीता, जनगुनासो एवं आम समुदायको सरोकारको बारेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले प्रहरी शान्ति सुरक्षाको प्रत्याभुती गराउने पहिलो निकाय भएको भन्दै गाउँपालिका भित्र शान्ती सुरक्षा तथा र सार्वजनिक सम्पत्तीको संरक्षामा अनवरत लाग्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अथिति समेत रहेका न्यौपानेले नेपाल प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी, प्रहरी मेरो साथी नारासँगै समुदायमा ल्याएका अभियानले समाजमा बिकृति बिसंगतीको अन्त्य गर्न सघाउ पुगेको भन्दै स्थानीय तहसँगको समन्वयलाई प्रकावकारी तबरले बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले पाणिनि गाउँपालिका दुर्गाफाटमा प्रहरी चौकी स्थापना गर्नका लागि १५ जनाको दरबन्दी स्वीकृत भैसकेको बताउनुभयो । नव आगन्तुक प्रहरी प्रमुख समेत रहेका राठौरले प्रहरी चौकीबाट हुने सेवा प्रवाहमा कमजोरी भएमा तत्काल खबर गर्न अपिल समेत गर्नुभयो । उहाँले चाड पर्व लगायतका समयमा हुने घट्नाहरु न्युनिकरणका लागि संवेदनशील क्षेत्रमा थप जनशक्तीको व्यवस्था गरिने समेत बताउनुभयो । 

कार्यक्रममा पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने लगायतका वडाध्यक्षहरुको सबै वडाका वडाध्यक्षहरु कमल प्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली, हरी प्रसाद घिमीरे, इन्द्रमणी घिमीरे, कृष्ण प्रसाद पौडेल, गुनाखर अधिकारी, रोमबहादुर पाण्डे लगायतले नेपाल प्रहरी र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्