माओबादी केन्द्रद्वारा दुर्गाफाटमा नि:शुल्क स्वास्थ शिबिर संचालन

| २०८० असोज १८ गते १६: ३१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। 
आश्बिन १८- नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) जिल्ला समन्वय समिति अर्घाखाँची द्वारा पाणिनि गाउँपालिकाको दुर्गाफाटमा नि:शुल्क स्वास्थ शिबिर संचालन भएको छ।

दुर्गाफाटमा नि:शुल्क स्वास्थ शिबिर संचालन भएको छ

जनता सग (माओबादी केन्द्र ) विशेष रुपान्तरण तीन महिने अभियान अन्तरगत एक दिने बृहत् पालिका स्तरीय निशुल्क स्वास्थ शिबिर संचालन गरेको छ ।पार्टीका केन्द्रिय सदस्य तथा तीन महिने अभियान अर्घाखाँचीका इन्चार्ज बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा शुरु शिबिर लाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले प्राबिधिक सहयोग रहेको छ।

पाणिनि गाउँपालिकाको दुर्गाफाटमा निशुल्क स्वास्थ शिबिर संचालन 

बिहिवार पाणिनिको दुर्गाफाटमा भएको शिबिर उदघाटन लाई केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज बामदेब क्षेत्री , गाउपालिकाका अध्यक्ष टेकराज न्यौपाने , मेडिकल कलेज प्रभासका ब्याबस्थापक मुक्ति राम भुसालले संयुक्त रुपमा ब्यानर पढेर उदघाटन गरेका थियो ।

नि:शुल्क स्वास्थ शिबिर 

उदघाटन कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल , प्रदेश समिति सदस्य बिमला घिमिरे , मेडिकल कलेजका डा.दिपक श्रेष्ठ ,डा. बिशाल काफ्ले , डा. नभानित यादब, डा. बिकाश पौडेल ,डा. युबराज शर्मा डा . इशु शर्मा ,स्टाफहरु रोमाखर घिमिरे , सुजन कार्की ,रबिन्द्र बस्याल जिल्ला समन्वय समितिका सदस्य कमल घिमिरे , स्थानीय पार्टी नेताहरु संकर घिमिरे , सौकात अलि पालिकाका वडा अध्यक्षहरु स्वास्थ शाखा प्रमुख  शेषकान्त घिमिरे  नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायत स्थानीय स्वास्थकर्मी हरु को उपस्थित रहेको थियो ।

स्वास्थ शिबिर 

शिबिरमा फिजिसियन , हाडजोर्नी तथा नसारोग , महिला रोग बिशेषज्ञ टोलिमा उपस्थित रहेको थियो साथै शिबिरमा ल्याब तथा इसिजीको पनि परिक्षण गरिएको थियो उदघाटन कार्यक्रमको संचालन माओबादी पाणिनिका अध्यक्ष धुर्ब अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्