घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा पाणिनि गाउँपालिकाका विभिन्न क्षेत्रमा अनुगमन

| २०८० असोज १९ गते १६: ५२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीले सदरमुकामको अलवा स्थानीय तहका बजार क्षेत्रहरुमा पनि  अनुगमन लाई तिब्रता दिएको छ , कार्यालयको बाषिक स्वीकृत कार्यक्रम अनुसार बाणिज्य बजार अनुगमन तथा निरीक्षण गरिएको थियो ।

बिहिवार पाणिनि गाउँपालिकाका वडा न.७ बहुप्राबिधिक शिक्षालय चिबेक आसपासका होटलहरु , बहखोर क्षेत्रमा पर्ने होटल तथा किराना पसलहरु तथा बासकारुख  बजारमा रहेका गल्ला तथा किराना , कपडा तथा फेन्सी ,तथा होटलहरुको  अनुगमन गरिएको थियो  साथै , अनुगमनको क्रममा  शिक्षालय आसपासको क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थ नस्ट  गर्नुका साथै केहि पसल हरुको नवीकरण नगरिएको पसलको पुजी वृद्धि नगरिएको केहि खाध्य पसलहरुमा म्याद गुज्रिएको सामानहरु भेटिएको थियोे भने मुल्य सुची नराखीएको पसलहरुमा मुल्यसुची अनिवार्य राख्ने पसलको साइनबोर्ड राख्नु पर्ने नवीकरण तथा पुजी वृद्धिको लागि सात दिनको म्याद दिइएको थियो अनुगमन टोलिले अर्को पटक अनुगमनको बेला नियम पालना नगरेको भेटिए बीस  हजार देखी  पाँच लाख सम्म  जरिवाना गरिने जानकारी गराएको थियो ।

 अनुगमन

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका साहयक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा निस्केको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख उधोग अधिकृत सन्तोष खनाल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  प्र.ब.ना.नि.खिम बहादुर खत्री ,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल ,  ,घरेलु बिकास कार्यालयका उबिस  अरुण कुमार सिंह कार्यालय सहयोगी सन्तोष पोख्रेल  तथा सबारी चालक तेज बहादुर सारु लगायतको  उपस्थित  रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्