मालारानीलाई हराउँदै पाणिनी फाइनलमा प्रवेश

| २०८० कार्तिक १७ गते १६: ३८ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। एवाईसी अर्घाखाँचीद्वारा आयोजित अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता खेलमा पाणिनी गाउँपालिकाले मालारानी गाउँपालिकालाई २ -१ को सेटले पराजित गरेको छ।

यो जित संगै पाणिनी गाउँपालिका चौंथो एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियाेगिता को फाइनलमा प्रवेश गरेको छ। 

प्रतियोगिताको पहिलो दोश्रो सेमीफाइनल केहि बेरमा सन्धिखर्क नगरपालिका र शितगङ्गा नगरपालिका बीच हुँदै छ। फाइनल खेल भने भोलि हुने आयोजक समुहले जानकारी दिएको छ। 

जिल्लाको निकै चर्चित प्रतियोगिताको रुपमा संचालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिमलाई थप पचास हजार गरि एक लाख सम्म दिन सकिने युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्