अर्घाखाँचीको पाणिनिमा एक जना पुरुषको बेवारीसे शव फेला

| २०८० कार्तिक १७ गते २१: ५३ मा प्रकाशित

भिम बिश्वकर्मा ,अर्घाखाँची । अर्घाखाँचीको एक जना पुरुषको बेवारीसे शव फेला परको छ ।

पाणिनि गाउँपालिका वडा नम्बर २ बालासिद्व मन्दिर नजिकै भिरमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पुरुषको सनाखत हुन सकेको छैन ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोहि अनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी दिपेन्द्र रावलको टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

शव भिरको बिचमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्