धातिवाङ्गको थामकाचौर खेलमैदानमा पुन क्रिकेट हुने विजेतालाई ३५ हजार पुरस्कार

| २०८० माघ १९ गते २०: १६ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गको थामकाचौर खेलमैदान बाढुंगामा क्रिकेट खेल हुने भएको छ । मनकामना युवा क्लव मैदानको आयोजनामा हुने क्रिकेट खेल माघ २७ गतेदेखी सञ्चालन हुने आयोजक मनकामना युवा क्लवले जनाएको छ ।

क्रिकेट खेलमा प्रथम हुनेलाई नगद रु ३५ हजार, उपविजेता हुनेलाई १५ हजार र तृतिय स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कार राखिएको छ । क्रिकेट खेल पाणिनी ५ मैदानको मनकामना युवा क्लब र पाणिनी ८ पालीको शान्तिचोक युवा क्लवको संयुक्त आयोजनामा हुने मैदानका क्रिकेट खेलाडी सन्तोष घिमिरेले बताए।

वडाको खेलमैदानमा गर्न लागिएको खेलको स्वागत गर्दै पाणिनी-६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले खेल सफलतको शुभकामना व्यक्त गरेका छन् । साथै खेल प्रतियोगितामा वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै क्रिकेट खेल लोकप्रिय भएको र थामकाचौर खेलमैदानको स्तरोन्तीका लागी पहल गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्