अर्घाखाँचीको पाणिनी बहुप्राबिधिक शिक्षालय फरेष्टी बाट एक युवा ९ देखि बेपत्ता

| २०८० माघ २१ गते १८: ०७ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ७ चिबेक बाट एक किशोर ९ दिन देखि एका एक बेपत्ता भएका छन्। 

पाणिनी बहुप्राबिधिक शिक्षालय फरेष्टी तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थि सुदुरपश्चिम प्रदेश्को बझाङ जिल्ला दुर्गाथली गाउँपालिका वडा न. ७ दौला स्थायी घर भएका अन्दाजी २० बर्षिय गहुगोरो वर्णका लगभग ५ फुट ५ इन्च उचाई भएका जनक दौल्यालका छोरा खगेन्द्र दौल्याल माघ १२ गते साँझ देखि बेपत्ता भएका हुन्। 

प्राप्त खबर अनुसार माघ १२ गते साँझ खाना खाईसके पछि आफ्नाे सुत्ने काेठातिर गएकाे र भोलिपल्ट कोठामा नभएपछी साथी हरु तथा आफन्त हरुलाई सम्पर्क गर्दा त्यहाँ पनी नभएको जानकारी आएसंगै यहि माघ १८ गते प्रहरी चौकी पालीलाई जानकारी गराएको निजका आफन्त पर्ने तथा सोही शिक्षालय मा अध्ययनरत गर्ने कमल जप्रेलले जानकारी दिएका छन 

दौल्याल आजको मितिसम्म कसै सँग पनि सम्पर्कमा नभएको हुँदा देख्नुहुने जो कोहिलाई नजिककाे प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन निजका परिवार तथा अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं ।

कमल जप्रेल (९७४६२६०४८४, ९७६९९२५१९०)

प्रतिक्रिया दिनुहोस्