सिरुवारी गाउँहुँदै पोखरासम्मको यात्रामा यसरी रमाए मैदाननका स्वयंसेविका (फोटो फिचर सहित )

| २०८० फागुन ७ गते २२: ३१ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी।अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ ले वडाका सदस्यहरु र  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई  तीनले अध्ययन अवलोकलन भ्रमण गराएको छ । वडाध्यक्ष इन्द्रमणि घिमिरेको नेतृत्वमा यही यहि फागुन ४ गतेदेखि ७ गतेसम्म विभिन्न जिल्लामा भ्रमण गराएको हो।

 भ्रमण 

पाणिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष इन्द्र मणि घिमिरे मैदान  स्वास्थ्य इन्चार्ज जगधिस घिमिरे,  पालिका स्वास्थ शाखा जनस्वास्थ्य निरेक्षक  राम प्रसाद घिमिरे र महिला स्वास्थ्य स्वयंसेविकासहित ३५ जना टोेलीले भ्रमण गरेको हो । उनीहरु मैदान  सुरु भई गुल्मीको रिडी, स्याङ्जाको सिरुवारी, कास्कीको पोखराको भ्रमण सक्काएर मैदान फर्किएका हुन।

गुल्मीको रिडी, स्याङ्जाको सिरुवारी, कास्कीको पोखराको भ्रमण

भ्रमणमा उनीहरुको गुल्मीको रुरुक्षेत्र धामको धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गरेका थिए । यस्तै, स्याङ्जाको सिरुवारीमा रहेको होम स्टेमा उनीहरुलाई स्थानीयहरुले न्यायो स्वागत गरे ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१, गुरुङबस्तीलाई सिरुबारी भनिन्छ । सिरुबारीमा ३९ घर रहेका छन् । यी मध्ये २३ घरमा पर्यटकलाई बासको व्यवस्था छ । भ्रमण टोलीले सिरुवारी गाउँमा सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय लगायतको अवलोक गरेका थिए । उनीहरुले सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको मनोरम दृश्य पनि कैद गरेका हुन् ।

भ्रमण...

सिरुवारीबाट कास्कीको पोखरा पुगेका उनीहरुले पोखरामा तालबाराही मन्दीरको दर्शन गर्दै कालीगण्डकी पानी जहाजको समेत  मज्जा पनि लिए ।

वडाध्यक्ष घिमिरेले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नका अध्ययन अवलोकन भ्रमण गराएको जानकारी दिए । उनले देशका विभिन्न ठाउँको संस्कृति, रहनसहन, चालचलन र ज्ञान आर्जन गर्न भ्रमण गराएको र यो धेरै प्रभावकारी बनेको विश्वास लिए ।

अवलोकन भ्रमण 

कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई कम गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनलाई वढवा दिने उद्धेश्य भ्रमण गरिएको वडाध्यक्ष घिमिरे  भनाई छ । भ्रमणपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुले भ्रमणबाट धेरै ज्ञान हासिल गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्