महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका अध्ययन अवलोकन भ्रमण

| २०८० फागुन ८ गते १७: ०३ मा प्रकाशित

कमला घिमिरे ,पाणिनि। देशकै नमुना गाउँपालिकाहरु मध्ये  स्याङ्जा जिल्लाको आधिखोला गाउँपालिकाका जनप्रतिनिधिज्युहरु कर्मचारी सर म्याडमहरु र पाणिनी गाउपालिका ५ न वडाका जनप्रतिनिधिज्युहरु ,महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाज्युहरु  स्वास्थ्यकर्मी तथा कर्मचारीहरु , मिडिया प्रतिनिधि , स्वास्थ्य सस्था सन्चालन तथा ब्यबस्थापन समिती समेतका  बिचमा एक आपसमा   बिकास निर्माण तथा स्वास्थ्य  गतिविधिहरुका बारेमा अन्तरक्रियात्मक  सिकाइ आदान प्रदान भएको छ । 

महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका अध्ययन अवलोकन भ्रमण 


भौगोलिक बिकटता  , गरिबी, अशिक्षा ,प्रयाप्त सुचनाको  अभाब लगायत बिबिध कारणले सेवाको पहुँच र उपभोग कम भएको समुदायमा  सरकारी स्वास्थ्य सेवा उपभोग बारे  समुदायमा सुचना प्रबाह गरि सेवा उपभोगमा वृद्धि , सफल स्वास्थ्य अभियानहरु  लगायत  आमा र बच्चाको स्वास्थ्य प्रबर्द्धनका लागि स्वयंसेबि भावनाले योगदान गर्दै आउनुभएका स्वास्थ्य स्वयम् सेबिकाहरुको प्रोत्साहन ,उत्प्रेणा साथै स्वास्थ्य क्षेत्रमा भएगरेका अनुकरणीय  नबिनतम अभ्यासहरु अबलोकन तथा  सिकाइ आदानप्रदान लागि वहाहरुको  भावनालाई सानो सम्बोधन स्वरुप आयोजित अध्ययन अबलोकन भ्रमणको सिलसिलामा न्यानो स्वागत र सहजीकरण  गरेको हो! आधिखोला गाउपालिका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत, वार्ड अध्यक्षहरु कर्मचारि लगाएको उपस्थित रहेको थियोे। 

प्रतिक्रिया दिनुहोस्