स्थानिय तह खोप समन्वय समिती तथा सन्चारकर्मी हरुको अभिमुखिकरण बहस- गोष्ठी पाणिनी मा सम्पन्न

| २०८० फागुन ९ गते १७: ०२ मा प्रकाशित

माधब पौडेल , पाणिनी। पाणिनी गाउँपालिका को आर्थिक बर्ष २०८०/०८१ को  बार्षिक स्वीकृत कार्यक्रम  दादुरा रुबेला खोप कार्यक्रम अन्तर्गत स्थानिय तह खोप समन्वय समिती तथा सन्चारकर्मी हरुको अभिमुखिकरण बहस -गोष्ठी पाणिनी गाउँपालिका मा आज सम्पन्न भएको छ ।

दादुरा रुबेला खोप कार्यक्रम

पाणिनी गाउँपालिका को सभाहल मा सन्चालन भएको कार्यक्रम मा  पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल (गौतम )प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने , पाणिनी गाउँपालिका का आठ वटै वडा का अध्यक्ष हरु,आठ वटै वडा मा रहेका  स्वास्थ्य साखा का प्रमुख हरु साथै पत्रकार हरु को उपस्थिति रहेको थियो । 

दादुरा रुबेला खोप कार्यक्रम अन्तर्गत स्थानिय तह खोप समन्वय समिती 

कार्यक्रम मा स्वागत मन्तव्य राख्दै पाणिनी गाउँपालिका स्वास्थ्य साखा प्रमुख सेशकान्त घिमिरे ले गोष्ठी को उदेश्य साथै खोप सन्चालन हुने मिति बारे प्रष्ट पार्नु भएको थियो ।

पाणिनी खोप अभियान

कार्यक्रम मा मन्तव्य राख्दै पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल , गौतम ले यो खोप अभियान महत्त्वपूर्ण भएको साथै खोप कार्यक्रम बाट कोहि पनि छुट्न नहुने बताउनु भयो ।उहाले भन्नू भयो म यो कार्यक्रम मा संगै हातेमालो गर्नेछु ।कार्यक्रम को सन्चालन पाणिनी गाउँपालिका स्वास्थ्य साखा मा कार्यरत राम प्रसाद घिमेरे ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्