अर्घाखाँचीको मैदानमा फागुन १३ गतेदेखि दादुरा रुबेला बिरुद्धको खोप अभियान संचालन हुँदै

| २०८० फागुन १० गते १७: १७ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँपालिका ५मैदानमा यहीँ फागुन १३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय कार्यक्रम अन्तर्गतको दादुरा रुबेलाको खोप अभियान संचालन हुने भएको छ ।

वडाभित्र रहेका ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिन लागिएको मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदीश घिमिरेले  जानकारी दिनुभयो ।

दादुरा रुबेला खोप अभियान अन्तर्गत यहीँ फागुन १३ गते  बोहखर  खोप केन्द्र, फागुन १४ श्री कृष्ण  मा.वि  , फागुन १५ गते  राधाकृष्ण मन्दिर, 
 फागुन १६ गते भर्तापुर खोप केन्द्र र फागुन १७ गते मैदान  स्वास्थ्य चौकीमा संचालन हुनेछ ।


खोप नि:शुल्क पाइने र सुरक्षीत भएको हुनाले ढुक्कसँग आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा आ आफ्नो ठाउँ बाट  खोप  लगाउनको लागि सहयोग गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।

 ( नोट) यश अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकोले खोप कार्ड लिई आउन समेत व्यक्त गर्नुभए हो!

प्रतिक्रिया दिनुहोस्