आधारभुत तह (१-३) स्तरीय हाजिरजवाफ प्रतियाेगिता धातिवाङ्गमा सम्पन्न

| २०८० फागुन २२ गते २२: २० मा प्रकाशित

कमला घिमिरे , पाणिनी।पाणिनि पत्रकार समाज नेपालको आयोजना र पाणिनी गाउँ पालिका वडा नं ६को आर्थिक सहयोगमा आज धातिवाङ्गमा आधारभुत तह (१-३) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

बिद्यार्थी सङ्ग जनप्रतिनिधि कार्यक्रम अन्तरगत ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसकाे पुर्वसन्ध्यामा वडाभित्र रहेका आधारभूत तह (१-३) मा अध्ययनरत बिद्यार्थीहरु बिच हाजिरीजवाफ प्रतियोगिता सिद्धेश्वर सहकारी संस्थाकाे हलमा सम्पन्न भएको हो ।

प्रतियोगितामा कालिका आधारभूत विद्यालय प्रथम, सुर्याेदय आधारभूत विद्यालय द्वितीय,  धातिवाङ्ग माध्यमिक विद्यालय तृतीय, र  सीता आधारभूत विद्यालय शान्तवना भएका छन  । वडा भित्रका कुल ५ बिधालयको सहभागिता रहेको कार्यक्रम पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानिको अध्यक्षता र वडा न. ६ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा सदस्यहरु , वडा सचिव राजन महत्रा , शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन पाणिनी पत्रकार समाजका महासचिव भिम विश्वकर्माको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्